दाइजोमा ग्यास सिलिन्डर र चुल्हो नल्याएको भन्दै दुलही कुट्ने ससुरा र पति पक्राउ

महोत्तरी । सर्लाहीमा दाइजोमा ग्यास सिलिन्डर र चुल्हो नल्याएको भन्दै महिलालाई यातना दिने दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका-२ का पीडितका पति जोगनारायण साह र ससुरा अनुपा साह रहेका छन्।

गएको वैशाख १३ गते विवाह गरी सर्लाही आएकी महोत्तरीको सम्सी गाउँपालिका-६ की २१ वर्षकी अमृता साहले थप दाइजो नल्याएको भन्दै यातना दिएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Advertisement

उनीहरुको जातीय परम्पराअनुसार विवाह भएको थियो। विवाहको केही दिनमै दाइजोको निहुँमा श्रीमान र ससुराले कुटपिट गरेका पीडितको भनाइ छ।

विवाहमा तीन लाख पचहत्तर हजार रुपैयाँ नगद, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको अमृताका माइतीपक्षले जनाएको छ।

तर यो कम भएको र ग्यास सिलिन्डर तथा चुल्हो नपाएको भन्दै आफूमाथि कुटपिट भएको पीडित अमृता साहले बताए।

More News last news
Loading...