आज चम्किदैछ यी ८ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

आज मिति २०७८ साल जेठ २९ गते शनिबार, तदअनुसार सन् २०२१ जुन १२ तारिख । ज्येष्ठ शुक्लपक्ष द्वितीया तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष

Advertisement

आज नयाँ कार्यको योजना बन्नेछ । अनुहार कान्ति मनमा शान्ति छाउनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।यात्राको योग छ । शैक्षिक क्षेत्रमा प्रगति हुँनेछ।

बृष

आफन्त र साथिभाईको पूर्ण समर्थन रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । पूरानो समस्या सुल्झाउन सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला।

मिथुन

अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।

कर्कट

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी।

बृश्चिक

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ।

धनु

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता। पारिवारिक कलह।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ।

मीन

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला । प्रेम सम्बन्धमा मधुरता आउनेछ ।

More News last news
Loading...