एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित, वरिष्ठ उपाध्यक्षमा पन्थ

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन्। शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

मतदानका लागि कुल २०१३८ मतदाता रहेकोमा १५७६८ ले मतदान गरेका थिए। सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन्।

Advertisement

५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थानमा कृष्ण लामिछाने परेका छन् भने ४ हजार १ सय भोट ४८ मत ल्याएर तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन्। ५६७ मत ल्याई तिलक केसी चौंथो स्थानमा परेका छन्।

एनआरएनए अमेरिकाको निर्वाचनमा कुल मत २० हजार १ सय ३८ रहेकोमा १५ हजार ७ सय ६८ भोट खसेको छ । नेजा अमेरिकाका महासचिव किरण मरहठ्ठाका अनुसार ७८.३२ प्रतिशत मत खसेको छ।

प्रमुख आयुक्त विश्वनाथ बराल, आयुक्तहरु कुल आचार्य, शिवराज पौडेल र वासुदेव रहेको निर्वाचन समितिले मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गरेको थियो। अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा पन्थ विजयी

वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्थ बिजयी भएका छन् । पन्थ कृष्ण लामिछाने समूहका हुन् भने उनि वर्तमान उपाध्यक्ष हुन्। पन्त २०१९(२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए ।

उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र बिकाश राज उप्रेती बिजयी भएका छन। त्यस्तै महिला तर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छिन् ।

महासचिवमा अन्जन कुमार चौलागाई,सचिवमा अनुप खनाल,महिला तर्फ सचिवमा सुनिता कंडेल (महिला तर्फ), कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् ।

त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ,युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् । त्यस्तै गरि प्रवक्ता पद रिक्त रहेको छ भने पछि मनोनित हुनेछ । यसै गरि संचालक समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) मा चिकित्सक प्रकाश श्रेष्ठ, बिशाल राना, बाला घिमिरे,डोलनाथ घिमिरे,प्रल्हाद सापकोटा,ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, बिश्व राज बास्तोला ,दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन्।

अमेरिकाको तर्फबाट अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा, संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुबेदी, नारायण कंडेल बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन्।

एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

More News last news
Loading...