परिवारलाई ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सर गर्न यस्तो हुनुपर्छ स्पोन्सरकर्ताको आम्दानी

काठमाडौँ । परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा धेरै हुनुपर्ने बताइएको छ।

पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भनेको कति हो ? यसबारे धेरैको जिज्ञासा र अन्यौल समेत देखिन्छ।नयाँ मापदण्ड अप्रिल १ बाट लागु भएको हो ।

Advertisement

गतबर्षको तुलनामा यो बर्ष स्पोन्सर गर्दा आम्दानी बढी हुनुपर्ने बनाइएको छ। अर्थात् आम्दानीको मापदण्ड बढाइएको छ। अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ भने अरु ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग रहेको छ।

४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताको परिवारका सदस्यहरुको संख्या आफूसहित २ रहेको छ भने उसको बार्षिक आम्दानी कम्तीमा २१ हजार ७ सय ७५ डलरभन्दा माथि हुनुपर्छ।

त्यस्तै परिवारका सदस्यहरुको संख्या ३ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा २७ हजार ४ सय ५० डलर हुनुपर्छ। परिवारका सदस्यहरुको संख्या ४ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ३३ हजार १ सय २५ डलर हुनुपर्छ।

अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा भने अन्यको तुलनामा कम आम्दानी भएपनि हुन्छ।

स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ।

More News last news
Loading...