यो साता चम्किदैछ यी ७ राशिको भाग्य, हेर्नुहोस् जेठ १६ देखि २२ गतेसम्मको साप्ताहिक राशिफल

काठमाडौँ । भविष्यका बारेमा थाहा पाउने जो कोहीको पनि चाहना हुन्छ। राशिफलले पनि हाम्रो आगामी भविष्यका बारेमा संकेत गर्ने गर्छ। त्यसैले आज हामीले तपाईका लागि साप्ताहिक राशिफल लिएर आएका छौँ । आउनुहोस् हेरौँ, जेठ १६ गते आइतबारदेखि २२ गते शनिबारसम्मको साप्ताहिक राशिफलः

मेषः नोकरी रोजगारीमा फाइदा मिल्नेछ। कार्यभारमा प्रशंसा मिल्नेछ । जागिरको सम्भावना प्रबल रहेको छ । आम्दानी बढ्ने एवम कृषि, पशुचौपायाबाट धनार्जन हुनेछ। पारिवारिक स्वास्थ्यमा भने समस्या आउने एवम जीवन साथीसँगको सम्बन्ध सामान्य धमिलो हुनेछ।

Advertisement

धर्मकर्ममा भने रुचि एवम सामाजिक क्षेत्रमा पहिचान बन्नेछ। साताको अन्त्यमा भने खर्च बढ्ने एवम सानो यात्राको योग बन्नेछ ।

वृषः धार्मिक रुचि बढ्नेछ । साझा काममा समय बित्नेछ । विदेशबाट धनको फाइदा एवं अधुरा काम सुचारु हुनेछ । राजनीतिक लाभ मिल्ने एवम ठुलाबडाको साथ रहनेछ।

आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ। प्रेममाभने सामान्य भनाभन एवम बोलीबचनको कारणले मित्रता टुट्नेछ । खेलकुद एवम प्रतिस्पर्धामा भने राम्रै जित मिल्नेछ।

मिथुनः साताको सुरुमा स्वास्थ्यमा गडबडी एवम काममा बाधा आउनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम बिगार्नेहरु अघि सर्नेछन्। साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ।

सन्तानको स्वास्थ्यमा गडबडी एवम प्रेममा किचलो हुनेछ। साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवम् नोकरी, रोजगारी क्षेत्रमा नयाँ कार्यभार मिल्नेछ।

कर्कटः साझेदारी लगानीमा फाइदा मिल्नेछ। नयाँ योजना बन्ने एवम पारिवारिक सहयोगले अधुरा काम बन्नेछ । साताको मध्यमा भने रोकावट एवम बाधाको सामना गर्नु पर्नेछ।

अपजस मिल्न सक्ने एवम स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ। अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम सामाजिक प्रतिष्ठा मिल्नेछ।

सिंहः प्रतिस्पर्धा एवम खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम विपक्षीसँग जित मिल्नेछ। प्रेममा प्रगति एवम वैवाहिक कुरा अघि बढ्नेछ।

व्यावसायिक यात्रा हुने एवम लगानीमा फाइदा मिल्नेछ। सन्तानको सहयोग एवम प्रगति हुनेछ । विद्याध्ययन एवम शैक्षिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । पाचन गडबडीले सामान्य स्वास्थय बाधा रहन्छ।

कन्याः अध्ययनमा प्रगति देखिन्छ । कला संगीतमा रुचि जाने एवं सृजनामा प्रगति मिल्नेछ । सन्तानको सहयोग बढ्ने एवम मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम कृषि व्यवसायमा धन आर्जन हुनेछ।

साताको मध्यमा भने वादविवाद हुन सक्ने एवम घर बाहिरको काममा प्रगति मिल्नेछ । खेलकुदमा भने प्रगति मिल्ने एवम जीवन साथीको सहयोगले व्यवसायमा राहत हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवम आफन्त भित्रमा धनको विवाद बढ्नेछ ।

तुलाः मानसिक चिन्ता थपिनेछ । घरायसी सल्लाहन मिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम व्यर्थ झगडा हुनेछ । साताको मध्यमाभने व्यापारमा लाभ एवम व्यवसायबाट सन्तुष्टि मिल्नेछ ।

सन्ततीको सुख बढ्ने एवम विरोधीसँग सहकार्य हुनेछ । दाँतको समस्या एवम नाक, कान घाँटीको समस्या हुनेछ । दाजुभाइमा सामान्य कलह एवम पारिवारिक दुरी बढ्नेछ ।

वृश्चिकः नयाँ काममा योजना बन्नेछ। टाढाका मित्रबाट धनको सुख मिल्नेछ । दाजुभाइ एवम आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने चिसोले स्वास्थ्य बाधा हुनेछ।

मानसिक स्वास्थ्यमा समस्या आउने एवम घरायसी विवाद निम्तिने छ । मित्रतामा समस्या एवम यात्रामा बढी खर्च हुनेछ । बोलीबचनको प्रभावले भने ठुलाबडासँग राम्रो प्रभाव पर्नेछ । आम्दानी बढ्नाले पुराना व्यवहार मिल्नेछ ।

धनुः भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ । धनआर्जनको श्रोत खुल्ने एवम आफन्तबाट धनको सहयोग मिल्नेछ ।

शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ । साताको अन्त्यमा भने घरायसी विवादमा परिने एवम मित्रबाट सामान्य धोका हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम शीर दर्दको योग देखिन्छ । घरमुलीलाई स्वास्थ्यमा बाधा हुन सक्नेछ ।

मकरः अनावस्यक विवादमा परिनेछ। मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम मनोरञ्जनमा खर्च हुनेछ। व्यापारमा भने राम्रो आम्दानी हुने, भोजभतेरमा सहभागिता मिल्ने एवम माइती मावलीबाट धनको सहयोग मिल्नेछ।

शैक्षिक क्षेत्रमाखर्च बढ्ने एवम यात्रामा शारीरिक कष्ट हुनेछ । पितृ पक्षबाट सहयोग मिल्ने तथाउच्च व्यक्तिहरुबाट सद्भाव मिल्नेछ।

कुम्भः अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम पारिवारिक झमेला हुनेछ। यात्रामा समस्या पर्ने एवम सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ।

कृषि, पशुचौपायबाट आम्दानी हुनेछ । जागिर एवम रोजगारीमा भने प्रगति एवम् ठुलाबडाको साथ मिल्नेछ । सन्तानको प्रगति एवम आम्दानीको स्तर बढ्नाले पुराना काममा सफलता मिल्नेछ।

मीनः साताको सुरुमा राम्रो आम्दानी हुनेछ । महिला वर्गबाट सहयोग एवम कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ। साताको मध्यमा भने सामान्य खर्च बढ्ने एवम यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ ।

खानपीनको कारणले समस्या आउने तथा बोलीवचनको कारणले मित्रता टुट्नेछ । रिसको आवेगमा धन क्षति हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम नयाँ योजनामा लगानी हुनेछ । सामुदायिक काममा समय व्यतित हुनेछ।

More News last news
Loading...