नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीको विधयेकले अमेरिकामै बनायो इतिहास

काठमाडौँ । मेरिल्याण्ड राज्यको संसदबाट पारित नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीको विद्यालय सुरक्षा सम्बन्धि विधयेकले अमेरिकामै इतिहास कायम गर्न सफल भएको छ।

यौन दुराचारीलाई सरकारी विद्यालयहरुमा विद्यार्थी हुनबाट रोक्ने उक्त विधयेकमा गभर्नर ल्यारी होगनले हस्ताक्षर गरेर कानून बनेसँगै अमेरिकामा यस्तो प्रकारको कानून ल्याउने मेरिल्याण्ड राज्य पहिलो बनेको छ।

Advertisement

यो विधयेक पारित भएसँगै मेरिल्याण्ड राज्यभरका सरकारी विद्यालयहरुमा रहेका विद्यार्थीहरु अब अझ बढी सुरक्षित भएका छन्।

खासगरी रजिस्टर्ड यौन दुराचारीहरुलाई सरकारी विद्यालयमा विद्यार्थी हुनबाट रोक्ने भण्डारीले ल्याएको यो विधयेक मेरिल्याण्ड राज्यको संसदबाट एकमतले पारित भएको हो । यो विधयेक अगाडि बढाउन डेलिगेट कार्ल ज्याक्सनले भण्डारीलाई साथ दिएका थिए ।

विगतमा यौन दुराचारीलाई पनि विद्यालय प्रशासनले भर्ना हुनका लागि विशेष स्वीकृति दिनसक्ने प्रावधान रहेको थियो । तर अब यौन दुराचारीहरुले शिक्षा लिनु परेको खण्डमा कक्षाकोठाभन्दा बाहिरको वैकल्पिक माध्यमको प्रयोग गर्नुपर्नेछ ।

उनीहरुलाई कक्षाकोठामा पूर्णरुपमा प्रतिबन्ध लगाइनेछ। नयाँ विधयेक अनुशार विद्यालयभित्र कुनै पनि यौन दुराचारीलाई जानजान छिर्न दिएको खण्डमा छिर्न दिने व्यक्तिलाई ५ हजार डलर जरिवाना र ५ बर्षसम्म जेलसजाय हुनसक्नेछ ।

दोषी ठहर भइसकेको २१ बर्षको यौन दुराचारीले बाल्टिमोरको पार्कभिल हाइस्कुलमा अध्ययन गरिरहेको पत्ता लागेपछि यो विधयेक अगाडि बढाइएको थियो ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई समेत विद्यालय प्रशासनले यौन दुराचारी विद्यालय भवनमा रहेकोबारे जानकारी दिएको थिए । प्रोजेक्ट बाल्टिमोर अनुसन्धानले यो कुरा पत्ता लगाएपछि र संचारमाध्यमहरुमा सार्वजनिक भएपछि आक्रोश बढेको थियो।

उक्त यौन दुराचारी सान्टिनो सुडानो सन् २०१९ को डिसेम्बरमा दोश्रो पटक पक्राउ पर्नु अगाडि पार्कभिल हाइस्कुलमा अध्ययन गरिरहेको थियो ।

अर्को विद्यालयमा अध्ययनरत १५ बर्षकी बालिकालाई दोश्रो डिग्री बलात्कारको अभियोगमा उसलाई पक्राउ गरिएको थियो । अहिले उक्त व्यक्ति दोश्रो डिग्री बलात्कार र तेश्रो डिग्री यौन दुब्र्यबहारमा दोषी ठहर भएर जेलमा सजायको प्रतिक्षामा रहेको छ।

खसोखास डटकमबाट साभार गरिएको सामाग्री 

More News last news
Loading...