अमेरिकामा नयाँ ग्रिनकार्ड आवेदनको नियम परिवर्तन गर्ने तयारीमा बाइडेन प्रशासन

काठमाडौँ । बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ को आगामी परिवर्तनमा विगतमा ट्रम्प प्रशासनबाट तय केही प्रश्नहरु हटाउने तयारी गरिरहेको जनाइएको छ।

प्रस्तावित आवेदनमा उल्लेखित गिरोह सम्बन्धित प्रश्नहरु हटाउनेबारे विचार भइरहेको युएससीआईएसका पूर्व रणनीति तथा नीति प्रमुख रोब लले बताएका छन्।

Advertisement

खासगरी गिरोह सम्बन्धि प्रश्नहरु हटाउने तयारीमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी रहेको छ। ती प्रश्नहरु प्रस्तावित आवेदनको १७ र १८ नम्बरमा रहेका छन्।

अमेरिका वा अन्यत्र अपराध गर्ने उद्देश्यले तीनजना यो त्योभन्दा बढीको समुहमा तपाईको विगतमा वा अहिले सदस्यता वा आवद्धता रहेको छ ? भन्ने एउटा प्रस्तावित प्रश्न रहेको छ।

त्यस्तै एउटाभन्दा बढी देशमा अपराध गर्न वा अपराधको प्रयास गर्न तीनजना यो त्योभन्दा बढीको समुहमा तपाईको विगतमा वा अहिले सदस्यता वा आवद्धता रहेको छ ? भन्ने अर्को प्रस्तावित प्रश्न रहेको छ।

अमेरिकामा स्टाटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि आई ४८५ आवेदन दिने गरिन्छ। यो आवेदनमा सोधिएका कैयन प्रश्नहरुको स्वघोषित जवाफ दिन आवश्यक हुन्छ।

प्रश्नहरु हटाउने सन्दर्भमा कुनै अन्तिम निर्णय भने नभइसकेको युएससीआईएसले जनाएको छ। फर्म आई ४८५ को आवेदन पुनरावलोकनबारेको प्रस्तावले गतबर्ष ट्रम्प कार्यकालमा नै ६० दिनको कमेन्ट अवधि पूरा गरेको थियो ।

साथै ३० दिन कमेन्टका लागि अवधि थपिएको थियो। तर अफिस अफ म्यानेजमेन्ट एण्ड बजेट अन्तरगतको सुचना तथा नियामक मामला कार्यालयले बाइडेनको कार्यकाल सुरु हुनु अगाडि नै ग्रिनकार्ड आवेदनको नयाँ भर्सन पारित गर्न सकेको थिएन।

More News last news
Loading...