काठमाडौैँ । अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीमा अहोरात्र कोभिडका बिरामीको सेवामा खटिदै आएका डा. बिष्णु मुर्ती भट्टराईको नयाँ गीत मेरो तस्बिर बजारमा आएको छ।
प्रेमिल भावनाले ओतप्रोत शब्द रहेको भट्टराईको गीतमा प्रतिभावान गायक तथा संगीतकार श्रीधर अधिकारीको संगीत रहेको छ। पछिल्लो समयकी निकै लोकप्रिय तथा व्यस्त गायिका रचना रिमालको सुमधुर अवाजमा सजिएको गीत गीतकार डा.भट्टराईको आफ्नै युट्युब च्यान्नल Dr Bishnu Murti Bhattarai मार्फत बजारमा सार्बजनिक भएको हो।
मेरो तस्विर गीतमा संगीत संयोजन कमल सौरागले गरेको गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
कोरोना (कोभिड १९) महामारीका बेला गीतको भिडियो बनाउन सम्भव नभएका कारण अहिले लिरिकल भिडियो लिएर दर्शक श्रोता माझ आएको सर्जक डा. भट्टराईले बताए। समग्रमा गीत कर्णप्रिय बनेको छ त्यसैले गीतले दर्शक श्रोताको माया पाउनेमा आशावादी रहेको संङ्गीतकार श्रीधर अधिकारिले बताए।
यस्तो छ गीतको भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
