४० कटेपछि किन राख्छन् प्रायजसो महिलाले विवाहेत्तर सम्बन्ध ? यस्ता छन् कारण

काठमाडौँ । भनिन्छ, जीवनमा एकपटक मात्रै विवाह गरिन्छ। विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ।

वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ।

Advertisement

तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ। विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन्।

वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान-श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ।

विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ। अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन्।

अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन्।

पतिको स्वभावमा आएको परिवर्तन
विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन्।

र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ। जसको कारण महिला अर्को दोस्रो पुरुषसँग आर्कषित हुन्छन्।

सानो उमेरमा विवाह
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ।

जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन्। जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन्।

पुरुषप्रतिको आर्कषण
महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन्।

यौन असन्तुष्टी
४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ।

बच्चा जन्मिएपछि
विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ। तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ।

उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन्।

घरायसी समस्या
यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन्।

More News last news
Loading...