काठमाडौँ । जब हामी ओछ्यानबाट उठ्छौं त्यतिखेर हाम्रो शरीरको तापक्रम अचानक बढ्ने वा शरीरको कुनै भागमा सामान्य भन्दा धेरै नै दुखाई हुने गर्छ।
यस्तो समस्यालाई सामान्य भन्दै ध्यान नदिने गर्छौं । तर, यस्ता समस्याहरु लगातार लामो समयसम्म भईराख्यो भने हाम्रो स्वास्थ्यमा गम्भीर प्रकारको समस्या हुन सक्छ ।
आधुनिक जीवनशैलीले अनेक प्रकारका सुविधाहरुको साथसाथै विभिन्न प्रकारका रोगहरु पनि उपहार दिएको छ । त्यसकारण विभिन्न नाम गरेका स्वास्थ्य समस्याहरुले हामीलाई दैनिक रुपमा सताउने गर्दछ । यस्ता समस्याहरु केही अस्थायी हुन्छन् भने केही लामो समयसम्म प्रभाव पारिरहने प्रकृतिका हुन्छन् ।
कतिपय अवस्थामा हामीले साना कुराहरुलाई नजरअन्दाज गर्दा हामीमा गम्भीर प्रकारको समस्या पनि हुने गर्छ । त्यसकारण सानो वा ठुलो जस्तोसुकै स्वास्थ्य समस्याहरु भए पनि जतिसक्दो छिटो स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ । यस्ता प्रकारका सम’स्याहरु शारीरिक थकानको कारण पनि हुनसक्छ ।
यी ५ समस्यालाई कहिल्यै बेवास्ता गर्नुहुन्न
१. अचानक टाउको दुख्नु अफिसमा काम गर्दै गर्दा, विहानको समयमा वा जुनसुकै समयमा अचानक टाउको दु’ख्ने गर्छ भने यस्तो सम’स्यालाई सामान्य सम’स्या मान्नु हुँदैन् ।
यस्तो समस्यामा हाम्रो शरीरको कुनै एक भाग अचानक दुख्ने र केही मिनेटमा यस्तो समस्या ठिक हुने गर्छ । ठिक भएपछि हामी यस समस्यालाई ध्यान दिँदैनौं ।
तर, ठिक भएपनि यस्तो समस्याको बारेमा डाक्टरसंग परामर्श गर्नुपर्छ । यो समस्या माईग्रेसन वा आँखामा कुनै प्रकारको सम’स्याको लक्षण पनि हुन सक्छ ।
२. छाती दुख्नु कतिपय अवस्थामा मानिसहरु छाती दुखाईको समस्यालाई ठुलो समस्याको रुपमा लिँदैनन् र नजरअन्दाज गर्छन् । तर, यस्ता सम’स्याको कारण छातीमा दबाब हुने, श्वासप्रश्वासमा समस्याको साथै हर्टअट्याकको कारण समेत हुने गर्छ । यस्तो सम’स्याको कारण मुटुमा पर्याप्त मात्रामा रक्तसञ्चार समेत नहुने समस्या हुने गर्छ ।
३. अचानक तौल घट्नु शरीरको तौल अचानक घट्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । यदिले तपाईं शरीरको तौल घटाउने कुनै कोशिश गर्नुभएको छैन् तर, तपाईंको शरीरको तौल अचानक ५ प्रतिशत भन्दा धेरै घट्छ भने यस्तो अवस्थामा क्यान्सर लाग्न सक्ने सम्भावना धेरै मात्रामा हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सल्लाहअनुसार काम गर्नु आवश्यक हुन्छ ।
४. तिव्र रुपमा वा लामो समयसम्म ज्वरो आउनु जो कोही मानिसलाई लामो समयसम्म १०३ डिग्री भन्दा धेरै ज्वरो आइरहन्छ भने यो गम्भीर प्रकारको समस्या हुने गर्छ । यस्तो अवस्थामा मानिसहरुलाई मुत्राशय सम्बन्धी समस्याहरु, निमोनिया साथै मस्तिष्कको समस्या भएको पनि हुन सक्छ ।
लगातार लामो समयसम्म ज्वरो आइरहनु कुनै ठुलो स्वास्थ्य समस्याको लक्षण हुनसक्छ । त्यसकारण यस्तो भएमा तत्कालै स्वास्थ्य परिक्षण गर्नुपर्छ ।
५. श्वास फुल्नु श्वास फुल्नु वा अचानक छोटो सास आउनु फोक्सो सम्बन्धी समस्याको कारण पनि हुनसक्छ । सिँढी चढ्दा श्वासप्रश्वासमा समस्या हुनु, छिटो थकाई लाग्नु जस्ता सामान्यलाई समस्या मान्नु हुँदैन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
