बिल गेट्समाथि लाग्यो आफै महिला कर्मचारीसँग अवैध सम्बन्धमा रहेको आरोप

काठमाडौँ । संसारका सबैभन्दा धनाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन्। बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई छोड्नुको एउटा सम्भावित कारणबारे पनि चर्चामा आएका छन्।

माइक्रोसफ्टका बोर्डका सदस्यले सन् २०१९ मा पूर्व महिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल गेट्समाथि अनुसन्धानको थालनी गरेका छन्।

Advertisement

उक्त पत्रमा ती महिला कर्मचारीले आफू र गेट्सबीच थुप्रै वर्ष यौन सम्बन्ध स्थापित भएको आरोप लगाएको द वाल स्ट्रिट जर्नलले बताएको छ।

बोर्डका थुप्रै सदस्यको ध्यान यसतर्फ आकृष्ट भएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । तसर्थ बोर्डका सदस्यलाई उक्त घटनाबारे अनुसन्धान भइरहेका बेला गेट्सले राजीनामा दिनुपर्ने महसुस भएको बताइएको छ।

सन् १९७५ देखि नै यो कम्पनीको स्थापना र सञ्चालन गर्दै आएका गेट्सले यसबारे अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए। उनले अब उप्रान्त आफू सामाजिक कार्यमा बढी क्रियाशील हुने भन्दै राजीनामा दिए।

गेट्सकी प्रवक्ताले अमेरिकी मिडियामा प्रकाशित वक्तव्यबारे बोल्दै भनिन्, ‘२० वर्षअघि अफेयर थियो जुन सहमतिमा नै समाप्त भयो। ’

उनले भनिन्, ‘बोर्डबाट बाहिरिने उहाँको निर्णय यो विषयसँग कुनै पनि हालतमा सम्बन्धित छैन। वास्तवमा, उहाँले आफ्नो सामाजिक कार्यमा बढी समय व्यतित गर्ने इच्छा व्यक्त गर्नुभएको थियो।’

ती महिलाले लगाएको आरोपमा एक ल फर्मले छानबिन गरिरहेको छ। महिलाले उक्त पत्रमा आफ्नो जागिर परिवर्तन गर्ने माग राखेकी थिइन्। उनले उक्त पत्र गेट्सकी पूर्व श्रीमतीले समेत पढ्नुपर्ने बताएकी छिन्।

‘माइक्रोसफ्टले सन् २०१९ को अन्त्यतिर बिल गटेस्ले सन् २००० मा कम्पनीका कर्मचारीसँग घनिष्ट सम्बन्ध सुरु गर्न खोजेको भन्ने जानकारी प्राप्त गरेको थियो,’ माइक्रोसफ्टका प्रवक्ताले भने।

बिल र मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो सम्बन्ध तोडेः

हालै गेट्स र उनकी श्रीमती मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो सम्बन्ध समाप्त गर्ने निर्णय गरे र त यी दुई बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका लागि सँगै काम गरिरहन्छन्।

रिपोर्टका अनुसार सम्बन्धविच्छेदपछि मिलिन्डाले हालसम्म ३ अर्ब डलर रकम पाइसकेकी छिन्। ब्लूमबर्गब बिलियनर्स इन्डेक्सको रिपोर्ट अनुसार बिल गेट्सको सम्पत्ति १४४ अर्ब डलरको छ। उनी संसारका चौथो सर्वाधिक धनी व्यक्ति हुन्।

More News last news
Loading...