काठमाडौँ । चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन्। ती बालिकाको कोभिड-१९ का कारण ज्यान गरेको थियो।
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको ज्यान गएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए।
उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन्। त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ।
उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो। उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो। मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें।’
यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो।
यी वृद्धाको पनि कोभिड १९ कै कारण ज्यान गएको थियो । शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
