काठमाडौँ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो।
अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ।’ बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने।
गत वर्ष पनि कोरोना भाइरसको पहिलो संक्रमण बढेपछि एसइइ र कक्षा १२ को परीक्षा स्थगित भएका थिए । पछि परीक्षा बोर्डले कक्षा दशको परीक्षालाई नै एसइइ को परीक्षा मानी परीक्षाफल प्रकाशित गरेको थियो ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको छ। कोरोना बढ्दै गएपछि धेरैजसो जिल्लामा पूर्ण लकडाउन गरिएका छन्।
कोरोना महामारी र लकडाउनले गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थी परीक्षा हुने वा नहुने भन्ने बारे निश्चित नहुँदा दोधारमा रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
