काठमाडौँ । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ। नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो।
एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए।
स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।
सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो।
त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।
आकस्मिक अवतरणको क्रममा केहीबेर मुम्बई एयरपोर्टमा अन्य उडान–अवतरण बन्द गरिएको थियो।
यसैबीच रेम्डिसिभिर औषधि बोकेको मध्यप्रदेश सरकारको एउटा सानो विमान ग्वालियर एयरपोर्टमा दुर्घटना हुँदा दुई पालटसहित तीनजना घाइते भएका छन्।
विहीबार राति ८ः५० बजे रनवेमा चिप्लिएर जहाज दुर्घटना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।
A Jet Serve Ambulance with a patient onboard lost a wheel during takeoff from Nagpur. Showing immense presence of mind Capt Kesari Singh belly landed the aircraft on foam carpeting in Mumbai. All onboard are safe. Commendable effort by @DGCAIndia @CSMIA_Official & other agencies. pic.twitter.com/aelehUB7DS
— Hardeep Singh Puri (@HardeepSPuri) May 6, 2021
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
