‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा पुगे दिवेश पोखरेल

काठमाडौँ । अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन्।

दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए।

Advertisement

दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० मा परेका थिए । यो वर्ष आयोजक टिमले अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धीलाई टिममा पार्ने निर्णय लिएको थियो।

आइतबारको प्रतिष्पर्धामा १० जनाले सहभागिता जनाए पनि त्यसबाट तीन जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा परेका हुन् । दिवेशले आफूलाई थप भोट दिन आव्हानसमेत गरेका छन्।

More News last news
Loading...