काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरीको टीजर सार्वजनिक भएको छ।
गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को -याप रहेको छ। भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् ।
गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन। प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।
यो भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ।म्युजिक भिडियोमा -यापर भट्टको अभिनय पनि रहेको छ। भिडियोलाई सान थापाले निर्देशन गरेका हुन। गीतको पुरै भिडियो भने केहि दिनमा सार्वजनिक हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
