चीनबाट नेपाल हुँदै भारत पुगेका चिनियाँ सैनिकलाई १० महिना जेल

काठमाडौँ । चीनबाट नेपालको बाटो हुँदै भारत पुगेका एक जना चिनियाँ सैनिकलाई १० महिना जेल सजाय सुनाइएको छ।

हिमाचल प्रदेशको कांगडा एडिसनल ज्युडिसियल कोर्टले उनलाई सजाय सुनाएको हो । उनीमाथि ११ हजार रुपैयाँ जरिवाना पनि लगाइएको छ।

Advertisement

यी चिनियाँ सैनिक २०२० मा अवैध तरिकाले भारत प्रवेश गरेका थिए। पुलिसले उनलाई हिमाचलको देहरामा गिरफ्तार गरेको थियो। त्यतिबेला उनले आफूलाई चिनियाँ पर्यटक बताएका थिए ।

बुधबार न्यायाधीश शितल शर्माले चिनियाँ सैनिकलाई दोषी मान्दै सजाय सुनाएका हुन्। ८ जुलाइ २०२० मा ती सैनिक लाइ क्सिओदन नेपाल हुँदै भारत प्रवेश गरेका थिए।

उनी ७ जुलाइमा दिल्लीदेखि चण्डीगढ अनि उना हुँदै धर्मशाला गइरहेको बसबाट कालोहा गाउँ पुगेका थिए।

पुलिस जाँचमा उनी चिनियाँ सैनिक भएको पाइयो । उनी नेपाल हुँदै भारत प्रवेश गरेका थिए । उनको पासपोर्टमा अध्यागमनको छाप थिएन।

More News last news
Loading...