आफ्ना नागरिकलाई जति सक्दो छिटो भारत छाड्न अमेरिकाको आग्रह

काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ।

अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको छ। अमेरिकाले भनेको छ, ‘भारतमा कोरोना सङ्कट यसरी बढेको छ कि त्यहाँ औषधि तथा उपचार पद्धति असफल जस्तै बनेको छ।’

Advertisement

दिनप्रतिदिन कोरोनाका बिरामीको ज्यान जाने सङ्ख्या बढेको तथा नयाँ बिरामीले उपचारका लागि शय्या पाउन छोडेको भन्दै अमेरिकाले त्यहाँ रहेका नागरिकलाई एड्भाइजरी जारी गरेको हो।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको सङ्कटसँग जुधिरहेको भारतलाई सहयोग गर्ने घोषणा गरेका छन्।

‘​कोभिडको बढ्दो सङ्क्रमणबाट मेडिकल सुविधा ध्वस्त भएको छ’, अमेरिकाले जारी गरेको एड्भाइजरीमा भनिएको छ। आफ्ना नागरिकहरू भारतबाट आउने फ्लाइटमा सिधै आउन सक्ने अमेरिकाले जनाएको छ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह स्थितीमा पुगेको छ।

More News last news
Loading...