कोरोना संक्रमित आमालाई सडकमा फालेर छोरा भागे, बाटोमा छट्पटाउदै गयो ज्यान

काठमाडौँ । ५८ वर्षकी आमाले सास फेर्न समस्या भएको बताएपछि उनका छोराले आमालाई अस्पताल लैजानुको सट्टा सडकमा फालेर भागेका छन्।

५८ वर्षकी ती महिलालाई आइतबार कानपुरको चकेरीस्थित टाड बगिया क्षेत्रमा छोराले सडकमा बेवारिसे छोडेर भागेका थिए । केही बेरमा त्यहाँ बाटोमा हिँडेका मानिसहरुले महिलालाई सडकमा देखेपछि उनको भिडियो बनाएका थिए ।

Advertisement

समाचार एजेन्सी आइएएनएसका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाबारे जानकारी पाएर घटनास्थल पुगेको पुलिसले उनलाई अस्पताल लगेको थियो।

यी महिलाका पतिको ज्यान गइसकेको छ र उनका पति भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको बताइएको छ। महिला आफ्ना छोरासँग बस्थिन्। पुलिस आउट पोस्ट इन्चार्ज मनोज कुमारका अनुसार उनले आफूलाई सास फेर्न समस्या भएकोबारे छोरालाई बताएकी थिइन्।

छोराले उनलाई अस्पताल लैजानुको सट्टा टाड बगियामा आफ्नी विवाहित दिदीको घरमा लैजाने भनेर हिँडेका थिए, तर दिदीको घर नजिकै बाटोमा छाडेर भागे। आमालाई कोरोना संक्रमण भएको र उनको ज्यान जानलागेको ठानेर उनी भागेको बताइएको छ।

पुलिसले महिलालाई तत्कालै उर्सुला अस्पताल लगेको थियो तर त्यहाँ महिलाको ज्यान गयो । छोराविरुद्ध मुद्दा दर्ता गराइएको छ। उनी अहिले फरार भए पनि पक्राउ गरिने पुलिसले जनाएको छ।

More News last news
Loading...