कोरोना महामारीका बीच भारतमा शक्तिशाली भूकम्प, भूकम्पपछि लगातार पराकम्प

काठमाडौँ । भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार असमको तेजुपर जिल्लाको सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको थियो। त्यसपछि पुनः ७ः५८ र ८ः०१ मा क्रमशः ४.३ र ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो।

Advertisement

भारतीय सञ्चारमाध्यमहरुले भूकम्पका कारण चिरा परेका सडकका तस्बिर र भिडियोहरु प्रकाशित गरेका छन् । त्यस्तै भूकम्पले केही घरहरु पनि भत्किएको बताइएको छ।

भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन। भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महशुस गरिएको थियो।

भूकम्पको क्षतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग कुरा गरेको बताएका छन्।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

More News last news
Loading...