नेपालमा विपद्जन्य घटनामा परी ५९२ जनाको ज्यान गयो

काठमाडौँ । २०७७ सालमा एक वर्षमा विभिन्न विपद्जन्य घटनामा परि पाँच सय ९२ जनाको ज्यान गएको छ । त्यस्तै एक सय एक जना हराएका छन्।

गएको वैशाख १ गतेदेखि चैत ३१ (आज) सम्ममा भएका ४१ सय ५७ वटा विपद्जन्य घटनामा पाँच सय ९२ जनाको ज्यान जानुको साथै ११ सय ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

गएको एक वर्ष सबैभन्दा धेरै पहिरोका कारण तीन सय एक जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन्। यस्तै आगलागीमा परि ९७ जना, चट्याङ लागेर ७० जना, सर्पको टोकाइबाट २१ जना र विभिन्न जनावरले आक्रमण गर्दा ३७ जनाको ज्यान गएको छ।

यस्तै बाढीमा परेर ४२ जनाले ज्यान गुमाएका छन् भने ३७ जना हराइरहेका छन्। एक वर्षको अवधिमा अविरल वर्षाले १५ जना, हावाहुरीले आठ जना र हिमपातले एक जनाको ज्यान लिएको प्राधिकरणले जनाएको छ।

विपद्जन्य घटनामा परेर ३४ सय एक वटा घरपालुवा पशुचौपाया मरेका छन्। सबै घटनामा गरी दुई अर्ब एक करोड ९३ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ।

More News last news
Loading...