काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गरी सिफारिस गरेको छ।
यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने जनाईएको छ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हो।
त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको यो निर्णयसँगै पुनः लकडाउन गर्ने सम्भावना हुन सक्ने आकलन गरिएको छ।
नेपालमा हाल कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । बिहीबार मात्रै नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
