आस्ट्राजेनेका कोरोना खोपले रगत जम्ने खतरा, असर ‘दुर्लभ’ भएको औषधि नियामकको ठहर

काठमाडौँ । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई ‘एकदमै दुर्लभ’ असर भएको युरोपेली औषधि नियामकहरूले ठहर गरेका छन् ।

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाको अध्ययनपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको ठहर गरेको हो।

Advertisement

ईएमएको अध्ययन प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे अध्ययन गरेको थियो।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको जनाइएको बीबीसीले जनाएको छ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ।

यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको ‘सम्भावना रहे पनि’ त्यसको ‘पुष्टि नभएको’ जनाएको छ। संगठनले विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने ‘निकै दुर्लभ’ रहेको जनाएको छ।

More News last news
Loading...