भोलि सार्वजनिक बिदा !

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले (भोलि) सोमबारका लागि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा उल्लेख बिदा सूची अनुसार सरकारले रानाथारु राजपत्रमा खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।

०७७ जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चैत २३ गते सोमबार सार्वजनिक बिदा दिइएको हो।

Advertisement

रानाथारु जातिले होरी पर्वको अन्तिम दिनको रुपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको जनाइएको छ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा सोमबार खखडेहरा मनाउँदै छन् ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबारका दिन सुदुरपश्चिमका सम्पूर्ण कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको हो।

More News last news
Loading...