काठमाडौँ । ताइवानको एक सुरुङमा रेल ‘दुर्घटना’ हुँदा कम्तिमा ५० जनाको ज्यान गउको छ। दर्जनौं ‘घाइते’ भएका छन्।
४ सय ९४ यात्रु बोकेको आठ डब्बे उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएर ‘दुर्घटना’मा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका छन् । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाएका छन्।
राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन्। राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन्।
शक्तिशाली कम्पन
उक्त रेल ‘दुर्घटना’पछि ठुलो कम्पन आएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माण कार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको हो। त्यसपछि ठुलो कम्पन आयो ।
अनलाइनमा राखिएका तस्बिरहरूमा प्रभावित नभएका डिब्बाका यात्रुहरू आफ्नो समान लिएर रेलको पटरीमा हिँडिरहेको देख्न सकिन्छ। ताइवानको इतिहासकै खराब रेल ‘दुर्घटना’ सन् १९९१ मा भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
