कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

काठमाडौँ । कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ।

कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर ओखलढुङ्गा घर भइ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको सोही वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले जानकारी दिए।

Advertisement

खेल्न गएका चार जना बालकमध्ये दुई जना भने सकुशल रहेका वडाध्यक्ष महर्जनले बताए।

More News last news
Loading...