कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गयो 

काठमाडौँ । कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखा, कलंकीले जनाएको छ।

ज्यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन। उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ।

Advertisement

यसअघि गत आइतबार पनि काठमाडौँ–१४ कलङ्कीमा नचिनेका व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको ज्यान गएको थियो। टाउकोमा ढुङ्गाले लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको थियो।

यस्तै गत बुधबार कलंकी क्षेत्रमै नक्कली नोट कारोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

बुधबार प्रहरीले कलंकी बाफल बस्ने मकवानपुरगढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चानलाई पक्राउ गरेको हो ।

पैसा छाप्ने प्रिन्टर, कागज छापिएका नक्कली नोटसहित पक्राउ परेका उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...