भिजिविलिटी बढेसँगै बन्द त्रिभुवन विमानस्थल खुल्यो, अन्तर्राष्ट्रिय उडान शुरु

काठमाडौँ । आवश्यक भिजिविलिटी नभएर बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। तीन बजेदेखि बन्द भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु भएको हो।

एयर इन्डियाको जहाज काठमाडौँबाट उडेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेका छन्।

Advertisement

भिजिविलिटी बढ्दै गएपछि अहिले आइएफआर उडान खुलेको विमानस्थल प्रमुख प्रताप तिवारीले जानकारी दिए।

विमानस्थल बन्द भएपछि हङकङबाट आएको क्याथेप्यासेफिकको जहाज कलकत्ता डाइभर्ट भएको छ।

More News last news
Loading...