काठमाडौँ । काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाकमा नजान अनुरोध गरेको छ ।
मन्त्रालयले वायू प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै घरबाहिर नबस्न तथा केही दिन मर्निङ वाकमा समेत ननिस्किँन अपिल गरेको हो।
घर बाहिर निस्किँनै परे कोभिड-१९ का लागि तोकिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।
शुक्रबार साँझ पाँच बुदे अपिल जारी गर्दै मन्त्रालयले प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न समेत अपिल गरेको छ।
यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।
मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले अत्यावश्यक नभई सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
