उत्तर कोरियाद्वारा जापानमा दुई क्षेप्यास्त्र प्रहार

काठमाडौँ । उत्तर कोरियाले जापानी समुन्द्रमा दुई वटा प्राक्षेपिक क्षेप्यास्त्र प्रहार गरेको छ। उत्तर कोरियाले बिहीबार क्षेप्यास्र प्रहार गरेको वरिष्ठ अमेरिकी अधिकारीहरुले जनाएका छन्।

उक्त क्षेप्यास्त्र जापानको समुन्द्रमा प्रहार गरिएको समाचारमा उल्लेख छ। अमेरिकी सेना र गुप्तचर समुदायले कस्तो किसिमको क्षेप्यास्त्र प्रहार गरिएको थियो र कति टाढा पुग्यो भनेर परीक्षण प्रक्षेपणको तथ्यांक विश्लेषण गरि रहेका छन्।

Advertisement

यी क्षेप्यास्त्रहरू छोटो, मध्यम वा लामो दूरीका थिए या अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल के थिए भन्नेबारे अझै खुलेको छैन।

उत्तर कोरियाले विभिन्न समयमा लामो तथा छोटो दूरीका ब्यालिस्टिक मिसाइल कहिले दक्षिण कोरिया त कहिले जापानतर्फ परीक्षण गर्दै आइरहेको छ।

अघिल्लो वर्ष विश्व कोरोनाले आक्रान्त हुँदा पनि उत्तर कोरियाले लामो तथा छोटो दुरीका सयौँ क्षेप्यास्त्र परीक्षण गर्दै आएको थियो ।

 

More News last news
Loading...