काठमाडौँ । २२ वर्षकी एक छोरीले आफ्ना पितालाई रेष्टुरेण्टमा लगेर खाना खुवाइन्। साथमा उनले टन्नै रक्सी पनि खुवाइन्।
जब पिता मातेर धानिन नसक्ने भए त्यसपछि उनले पिताको शरीरमा मट्टितेल खन्याएर जिउँदै आगो लगाइदिइन् । पिताको मृत्यु भएको छ।
पश्चिम बंगालको कोलकातामा भएको यो घटना त्यहाँ नजिकै जडान भएको एक सीसीटिभी क्यामेरामा रेकर्ड भएको टाइम्स अफ इण्डियाले जनाएको छ।
पुलिसले ती युवतीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । समाचारअनुसार ती छोरीले आफ्नो अपराध स्वीकार गरेको पुलिसले बताएको छ ।
एक बरिष्ट पुलिस अधिकारीका अनुसार युवतीले आइतबार राती पितालाई खाना खान रेष्टुरेण्ट लिएर गएकी थिइन् । खाना र रक्सी खुवाएपछि दुवै स्ट्रेड रोडमा हिँड्दै निस्किए ।
हिँड्दै गर्दा रक्सीले अत्यन्तै मातेका पिता हुगली नदीको किनारमा एक बेन्चमा सुते । त्यसपछि छोरीले पितालाई मट्टितेल खन्याएर आगो लगाइदिइन् ।
सोधपुछका क्रममा छोरीले आफू सानै हुँदा आफ्नी आमाको मृत्यु भएको र त्यसपछि पिताले आफ्नो पत्पीडन सुरु गरेको बताएकी छिन् । उनका अनुसार उनको विवाह भएपछि उत्पीडन रोकिएको थियो तर उनको विवाह सम्बनध तोडियो ।
त्यसपछि उनी घर आइन् अनि पिताले पुनः उत्पीडन सुरु गरे । यही कारण उनले पिताको हत्या गरेकी थिइन् । युवतीलाई अदालत पेश गरिएकोमा अदालतले २९ मार्चसम्म अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
