एजेन्सी । ब्रजिलमा एकैदिन कोरोेना संक्रमणबाट १ हजार बढीको ज्यान गएको छ।
आइतबारमात्रै १ हजार २ सय ९० जनाको ज्यान गएको हो। योसँगै ब्राजिलमा २ लाख ९४ हजारबढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
यसैगरी आइतबार सम्ममा यहाँ यो संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ। यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४ सय ८२ जनामा यो संक्रमण हुने गरेको छ।
त्यस्तै यहाँका प्रति १ लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १ सय ३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ।
ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ।
त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
