एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलर (१९ खर्ब) को आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् ।
कोरोनाले प्रभावित भएका अमेरिकी नागरिकलाई सहयताका लागि राहत प्याकेजमा हस्ताक्षर गरेका हुन् ।
यो विधेयकमा १ हजार चार सय डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड टैक्स क्रेडिट जस्ता योजना छन्। यसबाट करोडौं मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ।
याकेजमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडेनले यसले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताए। यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयक भनिएको ।
बाइडेनले विधेयकमा उल्लेखित विषयबारे शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दैछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
