वृष राशि हुनेहरूको लागि वि.सं. २०७८ सालको पूर्वार्ध अवरोधको बाबजुत केही विशेष व्यवसायिक एवं धार्मिक कार्यमा सफलता मिल्ने खालको रहेको छ।
आफूलेसक्ने सम्मको ग्रहउपचारजन्य उपाय अपनाउनाले नोकरीमा पदोन्नति प्राप्त गर्नसकिने छ । नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ ।
कृषिजन्य पक्षमा पनि गोचरग्रहको प्रभाव अनुकूल रहनाले किसानलाई उपलब्धि वृद्धि हुनेछ । अध्ययनमा सफल हुन सकिने संभावना देखिएकोले विद्यार्थी भाइबहिनीहरुले प्रयत्न बढाउनु उचित हुनेछ । कुनै नयाँ कार्यको थालनी हुनेछ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ ।
पिनाश, माइग्रेन आदि शिररोग, गर्भाशयको समस्या, अर्श अर्थात पाइल्स रोग जस्ता स्वास्थ्य समस्याले दुःख दिनसक्ने भय रहेको कुरालाई नकार्न सकिन्न । कतिपयलाई कपट प्रेमको फन्दामा परिनसक्छ ख्याल गर्नु होला ।
बाहिरी तथा आन्तरिक घाऊखटिरा, ज्वरो लगायतका स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।
वैदेशिक यात्राको पखाईमा रहेकाहरुको लागि संघर्षको बाबजुत केही सफलता मिल्ने र तीर्थयात्रा जन्य कार्य पनि हुनजाने संभावना रहेको छ ।
विवाह व्रतबन्धादि माङ्गलिक कार्यको आयोजना हुनसक्ने छ भने कुटुम्ब तथा पारिवारिक सदस्य बढ्ने छन् । आफ्नो विवाहको हकमा भने अल्लि सजग हुनुपर्ने गोचरप्रभाव रहेको छ।
दाम्पत्यकष्ट एवं असमझदारीको संभावनालाई गोचरग्रहले संकेत गरेको हुनाले संबन्धित पक्षमा संयम गरेको उचित हुनेछ।
महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरुले बढी सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ। ग्रहगोचर प्रतिकूलतालाई मनन् गरी सकारात्मक सोंचका साथमा निस्कामकर्म गर्ने, ध्यानधारणा तथा इष्टदेवकोसाधना बढाउने, महावीर पवनपुत्र हनुमान र भैरवदेवको उपाशना गर्ने गर्नु फापकर हुनेछ।
ज्योतिष परामर्शका लागि ज्यो पं. वैद्यराज दीपक सुवेदी
सम्पर्क नम्बरः ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
