कस्तो छ मेष राशिका लागि २०७८ साल ? शिक्षा र अर्थमा प्रगति, अन्यमा के ?

काठमाडौँ । मिति २०७७ सालको अन्तिम महिना सकिएर नयाँ वर्ष २०७८ साल शुरु हुँदैछ। नयाँ वर्षसँगै हामी नयाँ सोच र नयाँ उमङ्ग बोक्ने गछौँ ।

आउँदै गरेको नयाँ वर्ष हामी सबैका लागि कस्तो रहला भन्ने धेरैलाई खुल्दुली हुने गर्छ। यसै सन्दर्भमा आज हामी मेष राशिका लागि नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल प्रस्तुत गरेका छौँ ।

Advertisement

मेष राशि (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)
मेष राशि हुनेहरूको लागि नयाँवर्ष वि.सं. २०७८ साल पूर्वार्धको तुलनामा उत्तरार्ध तसै अनुकूल रहने देखिएको छ । वर्षको पहिलो खण्डमा केही अभाव र संघर्षको बाबजुत कुलीन प्रख्याति बढ्ने छ र परिश्रमिक कार्यमा सफलता मिल्ने छ। वाणि दोषको गोचर योग भएकोले बोलीव्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।

धेरै जसो पक्षमा साविकभन्दा बढी मेहनत गर्नपर्ने, कार्यक्षेत्र, व्यवसाय, राजनीति, समाजसेवा, पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले सकारात्मक प्रभाव देखाउन अल्लि सकिरहेको छैन ।

गरिएका कारोबार उल्टिनसक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नपरिहालेको राम्रो हुनेछ । गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ ।

पशुचौपायामा हानी गर्ने गोचर ग्रह छन् । रपनि खोटीदोषी पशुबाट तसै फाइदा गर्न सकिने छ । गाडी घोडा आदि पक्षमा पनि गोचर ग्रहले त्यति सपोट गरेको छैन ।

पारिवारिक समन्वयमा ह्रास आउनसक्ने छ । पार्टनरसिपका कामकार्यहरु पनि प्रभावित हुने देखिन्छ । यी कुराहरुमा विचार पुर्याएर संबन्धित कार्य योजना तर्जुमा गर्नु बुद्धिमानी हुनेछ । नाककानघाँटी, अर्श (पाइल्स), लिभर जस्ता स्वास्थ्य समस्याले दुःख दिनसक्ने छ । मान्यजन तथा पारिवारिक कष्टको संभावना पनि देखिन्छ ।

वर्षको मध्यतिरबाट अध्ययनमा थप सुधार आउने छ । ग्रह–उपचारका उपायहरु अवलम्बन गरी अघि बढ्नाले केही विशेष महत्त्वपूर्ण काममा सफलता पाउन सकिने छ ।

इष्टदेवको साधना, गुरुजनको आशीर्वाद, गो सेवा, माँ बगलामुखी एवं शनिमहाँकालको साथमा पवनपुत्र हनुमानजी र भैरवदेवको दर्शनभक्ति, उपाशना आराधना तथा दीनदुःखी श्रमिक वर्गलाई सहयोग गर्नु अनिष्ट ग्रहको शान्तिदायक हुनेछ ।

More News last news
Loading...