यस्ता लक्षण देखिए नगर्नुहोस् वेवास्ता, हुनसक्छ स्तन क्यान्सरको सुरुवाती लक्षण

काठमाडौँ । कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ। स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ।

महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ। स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने गर्दछ। स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ।

Advertisement

यस्ता छन् स्तन क्यान्सरका लक्षणहरु :

१) स्तनमा नदुख्ने गाठो आउनु।

२) स्तनको मुन्टाबाट रगत बग्नु।

३) स्तनको मुन्टा भित्र पस्नु।

४) छालामा निको नहुने घाउ आउनु।

५) काखीमा गाँठो आउनु।

६) स्तनको रङ परिवर्तन हुनु ।

स्तन क्यान्सर विभिन्न कारणले हुने गर्दछ। जसमध्ये मुख्य कारण निम्न छन्।

१) स्तनपान नगराउँदा
स्तनपान गराउने आमाले शिशुलाई दूध नखुवाउँदा पनि स्तन क्यान्सरको संभावना हुन्छ।

२) सन्तान नभएका महिला
सन्तान नभएका महिला वा बढि उमेरसम्म बच्चा नजन्माउने महिलामा पनि स्तन क्यासर हुनसक्छ।

३) वंशाणुगत
रगतका नातामध्ये परीवारका कोहि एक सदस्यमा भए वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ।

४) हर्मोनको गडबढी
महिलाहरुमा हुने हर्मोनहरुमा गडबडीका कारणले पनि स्तन क्यान्सर हुने संभावना हुन्छ।

५) नशालु पर्दागको सेवन
नियमित मदिरा वा नशाजन्य पर्दागको सेवन गर्ने महिलामा समेत स्तन क्यान्सरको संभावना हुन्छ।

६) परिवार नियोजनको साधन
कतिपय अवस्थामा परिवार नियोजनका साधनहरुले पनि महिलामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ।

७) महिनावारीको अनियमितता
नियमित महिनावारी नभए वा महिनावारी अनियमित भएका महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्छ।
त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई वेवास्ता गर्नु हुँदैन। स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ।

बच्ने कसरी ?
स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ।

प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ। समय समयमा चेक जाँच गराउने गर्नुपर्दछ।

More News last news
Loading...