म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन चर्कियो, १८ जनाको मृत्यु

एजेन्सी । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो।

Advertisement

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक भनेको छ र उक्त दिनलाई सबैभन्दा ‘घातक दिन’ भनेको छ।

आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको छ।

प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । उता, त्यहाँको सैनिक नेतृत्वले संयुक्त राष्ट्रसंघका राजदूतलाई समेत हटाइदिएको छ।

सैनिक सत्ताको विरोधमा बोलेको भन्दै राजदूतलाई हटाइएको हो।

More News last news
Loading...