उर्लाबारी । धिमाल राजथारु गोत्या संघको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धिमाल परियोजना स्थल, उर्लाबारी-३, मंगलबारेमा शनिवार संघको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संघका अध्यक्ष खड्गबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका अध्यक्ष लोकबहादुर धिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार नगेन्द्रबहादुर धिमाल, महासचिव मातृका धिमाल, न्याय विभाग प्रमुख कुमार धिमाल लगायतको उपस्थिति रहेको थियो । साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मरबहादुर धिमाल, भावि योजना अध्यक्ष खड्गबहादुर धिमालले प्रस्तुत गर्नुभएको थियो ।
अष्टनारायण धिमाल र रत्निमाया धिमालले कार्यक्रम सन्चालन गर्नु भएको थियो । साधारण सभाको अवसरमा राजथारु वंशावलीबाट धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको छैठौ राष्ट्रिय महाधिवेशनमा निर्वाचित सह अध्यक्ष अम्मरबहादुर धिमाल, संगठन विभाग प्रमुख अजितकुमार धिमाल, सदस्यहरु मोहनकुमार धिमाल, रत्नीमाया धिमाल, सविता धिमाल र बिकेन्द्र धिमाललाई सम्मान समेत गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
