काठमाडौँ । दाँत शरीरको महत्त्वपूर्ण अंग त हो नै, सौन्दर्यमा पनि दांतले ठूलो प्रभाव पार्छ। मिलेका र सेता, चम्किला दांतले व्यक्तिको सुन्दरतामा निखार ल्याउँछ।
दांतलाई सेतो र चम्किलो बनाउनको लागि आजकल नयाँ प्रविधिहरु प्रयोग गरिन्छ। तर यहाँ घरमा घरेलु सामान प्रयोग गरेर नै दांतलाई चम्किलो बनाउन सकिने विधिको चर्चा गरिएको छ।
एक चम्चा बेकिंग सोडामा एक चम्चा कागतीको रस राखेर पेस्टजस्तो बनाउनुहोस्। त्यसपछि त्यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दांतमा लगाउनुहोस्। दांतको सबैतिर राम्रोसंग पेस्ट लागेको हुनुपर्छ।
उक्त पेस्टलाई आफ्नो दांतमा दुई मिनेटसम्म यत्तिकै रहन दिनुहोस् र दुई मिनेटपछि पखाल्दा तपाईंले आफ्ना दांतहरु सेता र चम्किला पाउन सक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
