कपालमा यस्ता समस्या देखिए ? हुनसक्छ यस्तो रोगको संकेत

काठमाडौँ । कपालसम्बन्धी समस्याले धेरै मानिस पीडित हुन्छन्। तर यस्ता समस्या लामो समयसम्म रहेमा रोगको संकेत हुनसक्छ।

तीमध्ये केही रोग त लामो समयपछि निकै गम्भीर पनि हुनसक्छन्। समयमै यी रोगको पहिचान गरेर उपचार गरेमा जोखिमलाई घटाउन सकिन्छ। कपालविशेषज्ञ रोहित बत्राले कपालबाट चिनिने रोगका संकेत बताएका छन्।

Advertisement

चायाँ
कपालमा छिट्छिटो चायाँ फैलिनु सेबोरेहिक डर्मेटाइटिस नामक रोगको संकेत हो। यो रोग शरीरमा संक्रमणका कारण हुन सक्छ। यसो हुँदा छिट्टै कपाल झर्छ र छालामा रातो धब्बा बन्ने समस्या पनि आउँछ।

रुखो
लामो समयसम्म कपाल रुखो भएमा हाइपरथाइरोइडिजमको संकेत हुन सक्छ। यो रोग लाग्दा थाइरोइड ग्ल्यान्ड बढी सक्रिय हुन्छ। अनि तौल अचानक घट्न पनि थाल्छ।

झुप्पामा झर्ने
तपाईंको कपाल झुप्पा झुप्पामा झर्ने गरेको छ भने मधुमेह वा अलोपेसिया अरेटा नामक रोगको संकेत हुनसक्छ। अलोपेसिया अरेटा रोग लागेपछि व्यक्तिको कपाल छिट्छिटो झर्छ र तालुखुइले हुने समस्या आइलाग्छ।

छिटो सेतो हुने
कपाल छिटो सेतो भएमा शरीरमा मेलेनिन नामक हर्मोनको कमीको संकेत हुनसक्छ। यो हर्मोनले हाम्रो छाला र कपालको कपाल बनाउन सहायता गर्छ । यसको कमी हुँदा छाला र कपालको रंग परिवर्तन हुन थाल्छ।

दुईमुखे
कपाल दुईमुखे हुन थाले भने ट्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक रोगको संकेत हो। यसले कपाललाई दुईमुखे बनाएर झर्न थाल्छ।

पातलो
शरीरमा प्रोटीनको कमी भएमा कपाल पातलो हुन थालछ। अनि कपाल छिट्छिटो झर्न पनि थाल्छ।

More News last news
Loading...