मनास्लु वल्र्ड कलेजद्वारा पत्रकार ऋषि धमला सम्मानित

काठमाडौँ । मनास्लु वल्र्ड कलेज, चुच्चेपाटी, काठमाडौँ रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ।

कलेजले आज शनिबार एक कार्यक्रमकाबीच पत्रकार धमलालाई ‘मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा विद्यार्थी स्वागत कार्यक्रमको शुभ अवसरमा प्रथम सम्मानित व्यक्तित्वको रुपमा यो सम्मान–पत्रद्वारा सम्मान गरेको हो।

Advertisement

सम्मानपत्र भने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रदान गरेका थिए। सम्मान–पत्रमा लेखिएको छ–‘श्री ऋषि धमलाज्यू, वरिष्ठ पत्रकार, आम सञ्चारको जगतमा अनवरत सक्रियता एवम् समय सान्दर्भिक पत्रकारिताको आवश्यकत्तालाई मध्यनजर गर्दै आम नेपाली जनतालाई सुसूचित गर्न र राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउनको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने तपाईँ नेपाली सञ्चार क्षेत्रको एक मूर्धन्य व्यक्तित्व हुनुहुन्छ।

रेडियो, टेलिभिजन तथा रिपोर्टर्स क्लबमा आयोजित विविध छलफल तथा बहसमार्फत समेत पत्रकारितको मूल मर्मलाई ध्यानमा राखी सीधा कुरा प्रष्ट विचार राख्ने प्रखर वक्ता, तपाईँको सम्पूर्ण नेपालीहरुको विश्वास जित्न सफल कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ जस्ता प्रस्तुतिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँले यस क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै यस मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा विद्यार्थी स्वागत कार्यक्रमको शुभ अवसरमा प्रथम सम्मानित व्यक्तित्वको रुपमा यो सम्मान–पत्रद्वारा सम्मानित गरिन्छ, साथै यस सम्मानले समग्र राष्ट्रको उन्नति,प्रगतिको लागि अझ दत्तचित्त भई कार्य गर्न थप उर्जा मिल्नेछ भन्ने अभिलाषाका साथ यहाँको उत्तरोत्तर प्रगतिको सु–स्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गर्दछौं।’

सम्मानपत्रमा कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, अध्यक्ष गन्द लामा र प्रमुख अतिथि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको हस्ताक्षर रहेको छ।

More News last news
Loading...