अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सले सुन्दरता बिग्रियो ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । हरेक युवतीको चाहना चम्किलो त्वचाको हुने गर्दछ, तर छालामा ओपन पोर्स अर्थात रोम छिद्र छ भने त्यसले अनुहारनै भद्दा देखिन थाल्दछ।

आम युवतीलाई रोम छिद्रको समस्याले सताउने गरेको हुन्छ। प्राय ओयली स्किन भएका युवतीमा यो समस्या देखिने गर्दछ।

Advertisement

जती जती उमेर बढ्दै जान्छ, त्यती त्यती रोम छिद्रको समस्या बढ्दै जान्छ। यदी तपाई पनि छालासँग जोडिएको यस समस्याबाट पीडित हुनुहुन्छ भने चिन्ता नलिनुहोस्। आज हामी तपाईलाई यसबाट छुटकारा पाउने उपायका बारेमा जानकारी दिदैछौँ।

केरा
केरा खाँदा त धेरै फाइदा हुने गर्दछ, तर यो तपाईको छालाका लागि पनि निकै फाइदाजनक मानिन्छ। यसले तपाईको मृत छालालाई रिपियेर गर्नमा सहयोग गर्नुका साथसाथ त्वचामा ग्लो ल्याउन मद्दत गर्दछ।

हप्तामा दुई पटक केरालाई छालामा लगाउनुभयो भने तपाईको छालामा देखिएको रोम छिद्र हटेर जान्छ।

कागती र काक्रो
रोम छिद्रबाट छुटकारा पाउनका लागि काक्रो र कागतीको प्रहयोग पनि गर्न सक्नुहुन्छ। यसका लागि तपाईले काक्रो र कागतीको रस मिलाएर अनुहारमा लगाउनु पर्दछ। यसो गर्दा तपाईको रोम छिद्रको समस्या हटेर जान्छ।

दूध र ओट्स
दूध र ओट्स अर्थात जौँ को प्याक बनाएर लगाउँदा पनि राम छिद्र हट्ने गर्दछ। जसका लागि जसका लागि २ चम्चा जौँ को पिठोमा १ चम्चा गुलाबजल र एक चम्चा मह मिलाएर पेस्ट तयार गर्नुहोस्।

त्यसपछि यसपछि यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर चिसो पानीले सफा गर्नुहोस्।

यसो गर्दा तपाईको रोम छिद्र हट्नुका साथसाथै तपाईको अनुहारको दाग धब्बाबाट पनि मुक्ति पाउन सकिन्छ।

More News last news
Loading...