काठमाडौँ । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको छ।
सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि उड्नासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको नायजेरियाली सेनाले पुष्टि गरेको हो।
यसअघि उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका थिए।
सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
