ललितपुरमा ३० लाख रुपैयाँसहित जुवाको खालबाट १७ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन्।

Advertisement

प्रहरीले जुवाखालबाट कौडा र तास समेत बरामद गरेको छ।

More News last news
Loading...