इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको हृदयघातबाट निधन

काठमाडौँ । इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ। अकस्मात हृदयघातका कारण उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो। हृदयघात भएपछि थप उपचारका लागि अमेरिका लगिएकोमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको अस्पतालले जनाएको छ।

Advertisement

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उहाँको उपचार गराइएको थियो। उनको उपचार सफल नभएपछि आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन्।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन्।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन्।

नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन्।

More News last news
Loading...