पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज, उपराष्ट्रपतीले उद्घाटन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज (बुधबार) काठमाडौंमा सुरू हुँदैछ।

महाधिवेशनको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Advertisement

कोरोनाका कारण विधानको संक्रमणकालीन व्यवस्था अनुसार सिमित उपस्थितिमा महाधिवेशन गर्न लागिएको महासङ्घले जनाएको छ।

महाधिवेशनमा जिल्ला, प्रतिष्ठान तथा एसोसिएटका अध्यक्षहरू, प्रदेश समितिका पदाधिकारीहरू, केन्द्रीय समितिका सदस्यसहित र निवर्तमान केन्द्रीय समितीका सबै सदस्य र पदाधिकारी, सम्पूर्ण पूर्व अध्यक्ष तथा सभापति, प्रेस सम्बद्ध विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि र १५ जना वरिष्ठ पत्रकारको सहभागिता रहने महासङ्घका सचिव उदय जिएमले जानकारी दिए।

आजै हुने बन्द सत्रमा महाचिव बिष्टले साङ्गगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेश मिश्रले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नेछ्न्।

यस्तै, महाधिवेशनले आगामी कार्यसमितीको रणनितीक योजना समेत पारित गर्नेछ । महधिवेशनले नयाँ नेतृत्व भने चयन गर्ने छैन ।

यसपटकदेखि महासङ्घका सबै सदस्यले मतदान गर्न पाउने भएकाले एकै दिन जिल्ला, प्रदेश र केन्द्रीय समितीको चुनाव हुनेछ।

केन्द्रीय महाधिवेशन सकिएको ३० दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने कानूनी प्रावधान छ।

More News last news
Loading...