आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने यसरी गर्नुहोस् ‘फेस’ योग

काठमाडौँ । अनुहारको चाउरीपनाबाट या चमक आएन भनेर चिन्तित हुनुहुन्छ ? उसो भए तपाईंका लागि ‘फेस योग’ अर्थात् अनुहारको योगासन तयार छ।

बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।

Advertisement

एक घन्टाको ६५ पाउन्ड लिएर आफूले सिकाउने २५ मिनेटको कार्यक्रमले अनुहारलाई सदाका लागि परिवर्तन गर्ने दाबी जुलियाको छ।

उनीहरुको दाबी छ, ‘यो योगाले चाउरीपना हटाएर अनुहारलाई मुलायम बनाउँछ र स्वस्थ चमक ल्याउँछ । यसका साथै यसले आँखाको थकान र टाउको दुखाई पनि हटाउँछ।’

अनुहारको योग हप्तामा ६ दिन गर्ने हिसाबले तयार पारिएको छ र सातौं दिनमा मात्र रिजल्ट आउने दाबी जुलियाको छ। अनुहार योगाले अनुहारलाई ५ वर्ष घटाउने दाबी पनि गरिएको छ।

यसअनुसार विभिन्न १८ प्रकारका फेसियल पोजहरु गर्न किन्छ। उदाहरणका लागि गाडीको जाममा परेका बेला मुखमा चारैतिर जिब्रो नचाएर ‘टङ ट्वीस्टर’ योगा गर्न सकिन्छ भने बाथरुममा बसेर ‘जिराफ’ योगा पनि गर्न सकिन्छ।

जुलियाका अनुसार यसको सिद्धान्त के हो भने विशेष प्रकारका गतिविधिमार्फत् अनुहारका मांसपेशी सही हिसाबमा आउछन्। यसबाट कोलाजन र प्रोटीन तत्वहरु उत्पादन हुन्छन्, जसले छाला लचिलो हुन्छ र युवा अनुभूति दिन्छ।

१) आओल (लाटोकोसेरो आकार)

यस अनुसार दुवै आँखालाई समेट्दै (चित्रमाजस्तै) औँलाले अंग्रेजी अक्षरको सी आकार बनाइ घुमाउनुपर्छ । निधारमा आराम महसुस गर्दै आँखा खुला राख्नुपर्छ । यो प्रक्रिया ३ पटक गर्नुपर्छ । एकपटकमा १० सेकेन्ड औंला घुमाउनुपर्छ।

२) भी (अंग्रेजी भी आकार)

औंलालो अंग्रेजी अक्षरको भी आकार बनाई आँखीभौंको दुवैतिर औंला राख्नुपर्छ र शक्तिशाली हेराई बनाउनुपर्छ । यस्तो प्रक्रिया ६ पटक गर्नसकिन्छ । प्रक्रिया सकिएपछि १० सेकेन्ड आँखा चिम्लिएर रिल्याक्स महसुस गर्नुपर्छ।

३) सर्कल द आइज

आँखाको चारैतिर गोलो घेरा बनाएर औंला घुमाउनुपर्छ । एकपटक दायाँतिरबाट अर्कोपटक बायाँतिरबाट घेरा बनाएर घुमाउनुपर्छ । यस्तो प्रक्रिया ४ पटक गर्न सकिन्छ।

४) पफर फिस

गाला फुलाएर बिस्तारै हातले हान्नुपर्छ । हातले ३० सेकेन्डसम्म हान्न सकिन्छ।

५) जिराफ

टाउको अलिकता बंग्याएर पछाडि लैजाने र फेरि तल झार्ने प्रक्रिया गर्न सकिन्छ । यो प्रक्रिया दुईपटक गर्न सकिन्छ।

६) ह्याम्स्टर चिक्स

एउटा गाला ठूलो बनाउने र त्यसमा जम्मा भएको श्वास अर्को गालामा पठाउने प्रक्रिया हो । यसरी हावा पठाउने प्रक्रिया ३० सेकेन्डसम्म गर्न सकिन्छ।

७) ज टोनर

बंगारालाई बाहिरैबाट समातेर कानतिर बिस्तारै तान्न सकिन्छ। यो प्रक्रिया ३ पटक गर्न सकिन्छ।

८) किस द स्काई

आकासतिर चुम्बन गर्ने प्रक्रिया हो, यो १० पटक गरिन्छ।

९) रिल्याक्सेसन

अनुहारको सबैभाग समेट्ने गरी हातले समाई बिस्तारै मालिस गर्नुपर्छ । यो अवस्थामा आँखा बन्द गर्न सकिन्छ।

More News last news
Loading...