यस्ता बानीलाई नगर्नुहोस् वेवास्ता, नत्र हुनसक्छ परिवार वर्वाद

काठमाडौँ । आफैलाई नोक्सान पुर्याउने वानी शारिरीक रुपमा मात्र नभइ कयौँ पटक मानसिक रुपमा पनि हुने गर्दछन्। केही वानी यस्ता हुने गर्दछन् जसले तपाईलाई भित्रैदेखि नोक्सान पुग्ने गर्दछ।

हामीलाई थाहै हुँदैन् की हामीले कुन वेला आफूले आफैलाई इमोशनली हर्ट गर्दछौँ। यस्तो आजभोलिका युवापुस्तामा बढी देखिने गर्दछ। जसका कारण कलेज र स्कुले बच्चामा आत्महत्याका घटना हुने गर्दछन्।

Advertisement

यसबाट बच्नका लागि हामीले वेलैमा ध्यान दिनु पर्दछ। आज हामी तपाईलाई त्यस्ता केही वानीका बारेमा जानकारी दिदैछौँ।

१) बच्चालाई कमसेकम यति स्वतन्त्रता दिनुहास् की उनीहरु आफ्नो भावना राम्रोसँग व्यक्त गर्न सकुन । आफूलाई मन परेको वा मन नपरेको कुरा बताउछन् सकुन।

२) आजभोलि बच्चालाई जुन संस्कार दिइने गरिन्छ, त्यसमा सबैभन्दा बढी विनम्र बन्न सिकाइन्छ। आमाबाबुले यो कुरा बुझन जरुरी छ की बच्चालाई आवश्यकता भन्दा बढी विनम्रता हुन सिकाउँदा आफू विरुद्ध भइरहेको कुनै कामको विरोध गर्न नसकुन।

३) यदी हामी टिनएजमा कुनै कुराको विरोध गर्न सक्दैनौँ भने विस्तारै विस्तारै ती कुरा कुंठामा परिवर्तन हुने गर्दछन्। र जो डिप्रेशनको सुरुवात हो। त्यसैले बिनम्रता र अत्यधिक विनम्रताबीच अन्तर छुट्याउन सिक्नुहोस्।

४) बिनम्र हुनुको यो अर्थ हैन् की तपाई आफू विरुद्ध भइरहेको कुनै नराम्रो कामको विरोध गर्न नसक्नुहोस्।

More News last news
Loading...