काठमाडौँ । हामी ठान्छौं, ‘चुरोट तान्ने व्यक्तिको फोक्सो खराब हुन्छ।’ कुरा सही हो। सही के पनि हो भने, अहिले पर्यावरण पनि शुद्ध छैन।
यसकारण चुरोट सेवन नगरेपनि धुलो–धूँवा, दुर्गन्ध आदिले हाम्रो फोक्सो दुषित बनाउँदैछ। अर्थात चुरोट सेवन नगर्नेको पनि फोक्सो सुरक्षित छैन।
फोक्सो, जसले शरीरमा श्वासप्रश्वास प्रक्रियालाई सघाउँछ। भनौं, श्वासप्रश्वासको मूख्य हिस्सा नै फोक्सो हो। फोक्सोले शरीरलाई आवश्यक अक्सिजन आपूर्ति गर्न र शरीरमा जम्मा भएको कार्वनडाइअक्साइड निष्कासन गर्ने काम गर्छ।
तपाईं–हामीलाई थाहै छ, शरीरमा अक्सिजनको मात्रा पर्याप्त भएमा हामी स्वस्थ रहन्छौं। अपर्याप्त भएमा त्यसैले रोग निम्त्याउँछ। प्राण धान्नका लागि खाना, पानी र आरम जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध वायुको छ।
तर, हामी जतिसुकै सर्तक हुँदाहुँदै पनि फोक्सोमा दुषित वायु जम्मा हुन थाल्छ। किनभने अहिलेको पर्यावरण नै त्यस्तो छ।
अझ काठमाडौं जस्तो उच्च प्रदूषित शहरमा त यसैपनि फोक्सो विषालु बन्ने नै भयो। यसरी विषाक्त हुँदै गएको फोक्सोलाई कसरी शुद्धिकरण गर्ने त ?
के हुन्छ फोक्सो विषाक्त भए ?
प्रदुषित वातावरणको कारण श्वासप्रश्वासको क्रममा विभिन्न किसिमका धुलोका कणहरु लगाएतका टक्सिनहरु जम्मा भएर फोक्सोभित्र पुग्छन्।
यसले स्वासप्रस्वासमा समस्या, एलर्जी, फोक्सोमा संक्रमण लगाएतका विभिन्न घातक रोगहरु समेत लाग्न सक्छ। त्यसैले यसबाट बँच्नको लागि यसबाट बच्नको लागि फोक्सोबाट विषाक्त पदार्थ बाहिर निकाल्न जरुरी छ।
कसरी शुद्धिकरण गर्ने ?
आफ्नो आहारमा यस्ता खानेकुरा समावेश गरेमा हामीले फोक्सोमा जम्मा भएका यस्ता विषाक्त पदार्थ बाहिर निकाल्न सक्छौंः
१) भिटामीन सी युक्त फलफूल
भिटामिन सी युक्त आहारले फोक्सोलाई सफा बनाउने काम गर्छ। किवी, सुन्तला, कागती लगाएतका अमिलो फलफूलले फोक्सोलाई स्वस्थ र मजबुत बनाउँछ।
२) ज्वानो
जडिबुटी फोक्सोलाई स्वस्थ राख्नमा धेरै फाइदाकारी छ। त्यस्तै जडिबुटी मध्ये एक हो ज्वानो। यसमा भिटामिन र पोषक तत्व हुन्छ जसले हिस्टामिनलाई कम गर्छ। जसकारण फोक्सोको माध्यमबाट अक्सिजनको प्रवाह सहज हुन्छ।
३) पुदिना
पुदिनामा पाइने एन्टीअक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि लाभकारी हुन्छ। यसले मांसपेसीलाई आराम दिएर श्वासप्रश्वास प्रणालीको बाटोलाई सजिलो बनाइदिन्छ। साथै यसले फोक्सोमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकालेर फोक्सो स्वस्थ बनाउँछ।
४) जेठीमधु
बोलीचालीको भाषामा जेठीमधु भनिने यष्टीमधुको एन्टीइन्फ्लेमेटरी गुणले फोक्सोको संक्रमणलाई टाढा गर्न धेरै मद्धत गर्छ।
घाँटी खराब भएमा, सास फेर्न समस्या आदि भएमा मुलेठी चुस्नाले श्वासप्रश्वास प्रणाली सफा हुन्छ। जसकारण फोक्सोले सजिलै आफ्नो काम गर्न थाल्छ।
५) अदुवा
दिनमा एकपटक तातो पानीमा अदुवाको रस र थोरै मह मिसाएर पिउनुहोस्। यसले फोक्सोमा जम्मा भएको विषाक्त पदार्थ सजिलैसँग बाहिर निकाल्छ। गर्मीको मौसममा भने यसलाई नपिउनुहोस्।
६) अनार
अनारको एन्टीअक्सिडेन्ट फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्छ। नियमित रुपमा दिनमा १ कचौरा अनार खाएमा फोक्सो स्वस्थ हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
