साप्ताहिक राशिफल: यो साता निकै राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कुन ?

आज मिति २०७७ साल फागुन २ गते तृतीया तिथि आइतबार देखि ८ गते अष्टमी तिथि शनिबारसम्म। यो साता फागुन २ गते आइतबार प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे परेको छ।

४ गते श्रीपञ्चमी विद्याकी देवी सरास्वतीको पूजा आरधाना गर्ने दिन (शिक्षण संस्थालाई बिदा), ८ गते शनिबार भीष्माष्टमी व्रत बस्ने दिन परेको छ । ग्रह गोचर अनुसार यो साता कस्तो रहेको छ ?

Advertisement

अब हेरौँ १२ राशिको साप्ताहिक ग्रहफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिकार प्राप्तिका लागि ठुलै संघर्ष गर्नुपर्ने समय रहेको छ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुहोला । बिश्वास गरेका व्यक्तिबाटै धोका पाइने छ । साताको मध्यबाट भने प्रेम सम्बन्धमा प्रगाढता छाउने छ। मानसिक शान्ति प्राप्त हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएर रहेका कार्य पूर्ण भएर जानेछन । सोचे अनुरुपको काम बन्ने छ । व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ, भने प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान सुखको योग रहेको छ । धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन । आध्यात्मिक सिद्धि प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफल भइने छ। आफ्नो क्षेत्रमा बर्चश्व कायम राख्न सकिएला। साताको अन्त्यमा भने अरुको कुरालाई बेवास्ता गर्दा महत्वपुर्ण अवसर गुम्न सक्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक कार्यमा सफलता मिल्नेछ। परिवार तथा आफन्तका साथमा रमाइलो यात्राको अवसर मिल्नेछ। स्वादिष्ट भोजनको अवसर पाइने छ। नयाँ सम्बन्ध जोड्ने समय रहेको छ। नोकरीमा पदोन्नतीको योग समेत रहेको छ। समग्रमा तपाईका लागि यो साता सुखद रहने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको गलत अर्थ लग्न सक्ने भएकाले बोल्दा अलि विचार पुर्याउनु पर्नेछ। घरायसी समस्यामा उल्झन देखिनेछ। साताको मध्यबाट भने लामो सम्यीखी रोकिएर रहेका कार्यले पूर्णता पाउनेछ। धन आर्जनका नयाँ स्रोतहरु भेटिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ, तर अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ। नयाँ ज्ञान सिक्ने मौका छ। समग्रमा तपाईको त्यो साता सामान्य रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्यागउनेछ। व्यापार व्यवसायको क्षेत्रबाट लाभ उठाउने समय रहेको छ। एक पछी अर्को अवसरले सफलताको सिंढीमा पुर्याउने छ। दाम्पत्यजीवन सुखद रहने छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै दक्षताले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रमणीय यात्राको अवसर मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आँटेको काममा सफलता नमिल्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट आकस्मिक धन लाभ हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । अध्ययन अध्यपनमा सफलता मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता मनोरञ्जनमा सहभागी भइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । छोटो दुरीको लाभदायक र धार्मिक यात्राको योग छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । समग्रमा तपाईका लागि यो साता शुभ फलदायी रहनेछ ।

More News last news
Loading...